द ग्रेजोनको समाचारबारे रविको ठाडो जवाफः ‘त्यस्तो अन्टसन्ट,केहि न केहिको समाचार,धत’

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले अमेरिकाको चर्चित अनलाइन पत्रिका द ग्रेजोनमा आएको समाचारबारे ठाडो जवाफ दिएर पन्छिएका छन् । आज सिंहदरवारमा भएको सर्वदलीय बैठकपछि पत्रकारहरुले द ग्रेजोनमा प्रधानमन्त्री बालेन शाह, गृहमन्त्री सुधन गुरुङ, सांसद सागर ढकाल, रवि लामिछाने लगायतको बिषयमा आएको समाचारबारे प्रश्न गर्दा उनले ठाडै अस्विकार गरेर पन्छिएका हुन् ।
उनले द ग्रेजोनको समाचारले सबैतीर तहल्का पिटिरहेका बेला सभापति लामिछाने आफुलाई कुनै थाहै नभएको जसरी जवाफ दिएका छन् । उनले त्यस्तो अन्टसन्ट, केहि न केहिको समाचार पढेर समय खेर फाल्ने भन्दै उल्टै पत्रकारहरुलाई हाँसोमा उठाए ।

“तपाई, प्रधानमन्त्री, गृहमन्त्री लगायत रास्वपा नेताहरुबारे अमेरिकी पत्रिका द ग्रेजोनमा समाचार आएको छनी ?” भन्ने पत्रकारहरुको प्रश्नमा सभापति लामिछानेले भने, “ए होर ? कुन पत्रिका ? त्यस्तो अन्टसन्ट, क्रेडिबिलिटी नभएको पत्रिका पनि कोहि पढेर बस्छ ? त्यस्तो अन्टसन्ट, केहि न केहिको समाचार पढेर समय खेर फाल्ने ? धत ।”

तर केहि दिन अघि द ग्रेजोन पत्रिकाले नेपालका प्रधानमन्त्री बालेन शाहको राजनीतिक उदयमा अमेरिकी वित्तपोषित कार्यक्रमहरूको भूमिका रहेको दाबी गर्दै समाचार प्रकाशन गरेको छ । अमेरिकी दुई वटा संस्थाका गोप्य रिर्पोटहरुको अध्यन गरी उक्त रिपोर्ट सार्वजनिक गरेको द ग्रेजोनले उल्लेख गरेको छ । ति संस्थाहरुका दस्तावेजलाई आधार बनाउँदै नेपालमा नयाँ तथा युवा नेतृत्व पहिचान, विकास र नेटवर्क निर्माणका लागि अमेरिकी सहयोगमा विभिन्न कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरेको छ।

द ग्रेजोनको रिपोर्टअनुसार अमेरिकी सहयोगसँग जोडिएको ‘नीति संवाद’ कार्यक्रममार्फत नेपालका युवालाई राजनीतिमा आर्कषित गर्ने, युवा नेतृत्व विकास गर्ने, सामाजिकसंजाल प्रयोग गर्ने लगायतका तालिमहरु चलाइएको दाबी गरेको छ।

अमेरिकी सरकारले दुई वटा संस्थामार्फत नेपालमा करोडौँ अमेरिकी डलर खर्च गरेर बालेन, रवि , सागर ढका, सुधन गुरुङ लगायतका नयाँ पुस्ताका राजनीतिक पात्रको रुपमा उदय गराएको उल्लेख गरेको छ । ति संस्थाहरुमार्फत अमेरिकाले सन २०१७ देखि २०२२ सम्म नेपालमा नेपालमा काम गरेको द ग्रेजोनले उल्लेख गरेको छ । यहि अवधीमा बालेन मेयर बनेका छन भने रविले पार्टी खोलेको देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार