काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा अनियमितता गरेको भनिएका पूर्वसह–सचिव रामबहादुर पाण्डेले आत्महत्या गरेका छन् । उनले शुक्रबार दिउँसो त्रिपुरेश्वरको राधा भवनबाट हामफालेर आत्महत्या गरेका हुन् ।
कानुन व्यवसायीसँग छलफल गरेर फर्किने क्रममा उनले भवनको पाँचौं तलाबाट हामफालेका थिए । अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले उनीविरुद्ध एक वर्ष जेल सजाय माग दाबी गर्दै मुद्दा दायर गरेको थियो ।
लमजुङ घर भएका पाण्डे प्रेसर र डिप्रेसनको समेत रोगी भएको परिवारले जनाएको छ । कानुन व्यवसायीसँग छलफल गरेर फर्केपछि उनलाई सहन गाह्रो भएर आत्महत्या गरेको हुनसक्ने बताइएको छ ।









