
कैलाली । नक्कली नोट बनाउने कार्यमा संलग्न एक समुहलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले विभिन्न मितिमा समातिएका ४ जनालाई शुक्रबार धनगढीमा पत्रकार सम्मेलनगरी सार्वजनक गरेको हो ।
पक्राउ पर्नेमा कैलालीको चुरे गाउँपालिका वडा नम्बर १ का २५ वर्षिय खग्रेन्द्र बम भन्ने खग्रेन्द्र रजवार, चुरे गाउँपालिका १ कै २२ वर्षीय भोज बहादुर बम, धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का २४ वर्षीय पल्लप राज भट्ट र महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका ६ का २५ वर्षीय गोकुल खड्का रहेका छन्।
उनीहरुबाट नक्कली नोट छाप्ने एक थान मेसिन, नोट छाप्न प्रयोग भएको दुई सय २० थान सेतो पेपर लगायतका नेपाली र भारतीय नक्कली नोट समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
गोकुल खड्कालाई सिआईवीको टोलीको सहयोगमा काठमाडौँबाट पक्राउ गरिएको र अन्य ३ जनालाई धनगढीबाट फरक फरक मितिमा पक्राउ गरिएको कैलालीका प्रहरी नायब उपरिक्षक सुदिप गिरीले जानकारी दिए।







