प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच भेटवार्ता, स्वास्थ्य सामाग्री खरीद लगायत सीमामा अलपत्र नेपालीबारे छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डबीच समसामहिक बिषयमा भेटवार्ता भएको छ ।
बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा चीनबाट खरिद गरिएको स्वास्थ्य उपकरणमा देखिएको अनियमितता लगायतका बिषयमा कुराकानी भएको बताइएको छ ।

प्रधानमन्त्री र प्रचण्डबीच मुख्यगरी स्वास्थ्य सामाग्री खरीद, सीमामा अलपत्र नेपाली र लकडाउनका बेला विपन्न वर्गलाई दिइने राहत लगायतका बिषयमा छलफल भएको अध्यक्ष प्रचण्डका स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन ।

भेटमा अध्यक्ष प्रचण्डले औषधि खरिद प्रक्रियामा भएको भनिएको घोटाला बारे बुझेको बताइएको छ । त्यस्तै भारतबाट आएर सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुको व्यवस्थापन र ज्याला मजदुर तथा निम्‍नवर्गीय नागरिकलाई लकडाउना बेला सरकारले दिने राहात प्याकेजबारे छलफल भएको छ ।

खासगरी चीनबाट खरीद गरिएका स्वास्थ्य उपकरण र सीमामा अलपत्र नेपालीका बारेमा जनमानसमा टीकाटिप्पणी भएपछि त्यसबारे बुझ्न अध्यक्ष प्रचण्ड बालुवाटार गएका थिए ।

अहिले बिशेषगरी, चीनबाट खरीद गरिएका स्वास्थ्य सामाग्रीमा भएको अनिमियतता र दार्चुलाको सीमा क्षेत्रमा भारतबाट आएका नेपाली अलपत्र भन्ने खबरले सरकारको आलोचना भइरहेको छ । यसैबीच आजै स्वास्थ्य सेवा विभागले विवादास्पद स्वास्थ्य सामाग्री खरीद सम्झौता रद्द गरिएको जानकारी दिएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले पत्रकार सम्मेलनमार्फत सम्झौता रद्द भएको जानकारी दिएका हुन ।

यो पनि पनि हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार