माधव नेपालको पत्रकारहरुलाई चेतावनीः ‘रक्सी खाएको थाहा पाएँ राम्रो हुन्न्’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टी निकट पत्रकारहरूलाई रक्सी आएको थाहा पाए राम्रो नहुने चेतावनी दिएका छन् ।

काठमाडौंमा आज समाजवादी प्रेस संगठन नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पत्रकारहरुले रक्सी खाएको थाहा पाएँ राम्रो नमान्ने चेतावनी दिएका हुन् ।

‘पाँच तारे होटल धाइधाई, कसैलाई नखाई निद्रै नलाग्ने बानी पक्कै छैन होला । यो कुरा थाहा पाए भने म राम्रो मान्ने छैन’, अध्यक्ष नेपालले भने ।
उनले पार्टीका नेताहरुलाई समेत रक्सी नखान भन्दै सचेत गराएका छन् । साँझ नपर्दै होटलको कोठाकोठा पुगेर रक्सी खाने र झगडा गर्नेगरेको सूचना आफुले पाएको अध्यक्ष नेपालले बताए । पत्रकारहरुले पनि त्यसो गर्न नहुने उनले बताए ।

‘साँझ नपर्दै होटलको कोठाकोठा पुगेर रक्सी खाने र झगडा गर्नेगरेको सूचना मैले पाउको छु । म सुझाव दिन्छु, रक्सीले मान्छेको स्वास्थ्य खतम पार्छ । आयु घटाउँछ । रोग निम्त्याउँछ, रोगी बनाउँछ, रक्सी पिउन छोड्नुस’, उनले आग्रह गरे ।

आर्थिक प्रलोभनमा परेर राक्षसलाई देउता बनाउने काम नगर्न समेत अध्यक्ष नेपालले आग्रह गरे ।

अध्यक्ष नेपालको उपस्थितीमा पत्रकार शम्भु श्रेष्ठको संयोजकत्वमा २५१ सस्थापक सदस्य रहनेगरी समाजवादी प्रेस संगठन नेपाल घोषणा गरिएको छ । संगठनको महासचिवमा भुपराज खड्का र तेजप्रसाद वाग्ले तोकिएका छन् । त्यस्तै उपाध्यक्षमा प्रकाश खतिवडा र शितल शाहलगायत चुनिएका छन्। संगठनको पदाधिकारी चयनमा एकलौटी भएको भन्दै केहि असहमती देखिएकोछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार