
काठमाडौं । गायक करण परियारको नयां गजल सार्वजनिक भएको छ । गायन रियालिटी शो नेपाल आइडल सिजन ५ को विजेता समेत रहेका गायक परियारले ‘नछोप ति गुलाव झै अधर’ बोलको नयां गजल सार्वजनिक गरेका हुन् ।
देवी घिमिरे नामक युटुब च्यानलबाट आज सार्वजनिक गरिएको गजलका सर्जक स्वयम देवी घिमिरे हुन् ।
गजलमा गायम तथा संगीतकार सन्तोष श्रेष्ठले भरेका छन् भने संगीत संयोजक मनोहर सुनामले गरेका छन् ।
गीतको भिडियो हेरौं










