चितवन । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाल हिन्दूराष्ट्र हुनै नसक्ने बताएका छन्। कुनै पनि धर्म मान्ने स्वतन्त्रता ब्यक्तीलाई हुने तर देशको आफ्नो कुनै एक धर्म नहुने भन्दै नेता निधिले नेपाल हिन्दूराष्ट्र हुनै नसक्ने दाबी गरेका छन् ।
चितवनमा पत्रकारहरुसंग कुरा गर्दै नेता निधिले काँग्रेस पनि नेपाल हिन्दूराष्ट्रको पक्षमा नरहेको स्पष्ट पारे ।
“नेपालमा राजतन्त्र फर्किन्छ भन्नुको कुनै तुक छैन उनले भने, नेपालमा राजा रानीबारे दिवा सपना कसैले देख्छ भने त्यो ठुलो भ्रम हो ।”
एक अर्को प्रसंगमा बोल्दै नेता निधिले शुक्रबारबाट काठमाडौंमा सुरु भएको लगानी सम्मेलन काङ्ग्रेसकै नेतृत्वमा शुरु भएको हुनाले त्यसलाई सबै मिलेर सफल पार्नुपर्ने समेत बताए ।