नेपालगञ्जमा थप ७ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ८२ पुग्यो

नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा थप नयाँ व्यक्तिमा काेरोना संक्रमण पुष्टि भएको छ । नेपालगञ्जमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । यसअघि बाँकेमा एकै टोलका १५ जनामा संक्रमण भेटिएको थियो ।

उनीहरु कुन ठाउँको हुन भन्ने बारेमा नखुलाइए  पनि ३ पुरष र ४ महिला रहेको मन्त्रालयले जनाएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

नेपालगञ्जमा संक्रमितको संख्या बढ्न थालेपछि स्थानीय प्रशासनले आजबाट निषेधित क्षेत्र घोषणा गरेको छ ।

मन्त्रालयको विज्ञप्ति

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार