काठमाडौं । आठपछि तातोपानी नाका खुलेको छ । महाभूकम्प २०७२ पछि पहिलो पटक आजदेखि तातोपानी नाका खुला भएको हो।
तिब्बतस्थित नेपाली महावाणिज्य दूतावास र चिनियाँ अधिकारीहरु बीच मंगलबार भएको सहमतिपछि आजदेखि तातोपानी नाका सञ्चालनमा आएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।
भन्सारकाअनुसार नाका पास गर्न अनुमती पाएका नेपालीहरु आजैदेखि चीनतर्फ जान थालेका छन् ।
तातोपानीको पारीपट्टीको चिनियाँ बजारसम्म पुग्नका लागि तातोपानी स्थित अध्यगमन कार्यालयले पास वितरण गर्दै आएको छ ।
२०७२ सालको महाभूकम्प र कोरोनाका गरी आठ बर्षसम्म सो नाका बन्द रहेको थियो ।