बाँकेमा प्रहरी र व्यापारीबीच झडप, प्रहरीको गाडी माथि तोडफोड

बाँके । बाँकेको नेपालगञ्जमा प्रहरी र स्थानीय व्यापारीबीच झडप भएको छ । झडपको क्रममा आक्रोशित स्थानीय व्यापारीको समूहले प्रहरीको गाडी तोडफोड गरेको छ ।

कोरोना संक्रमितको संख्या बढेपछि स्थानीय प्रशासनले आज विहान ११ बजेबाट नेपालगञ्ज बजारलाई निषेधित क्षेत्र घोषणा गरेको छ । तर स्थानीय व्यापारीले हरुले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको बताइएको छ ।

निषेधाज्ञा कार्यान्वयन गराउनेक्रममा सडक यात्रुलाई तितरवितर गर्न त्रिवेणी मोडमा खाद्यान्न पसल गर्दै आएका रवि गुप्ताले पसल खोल्न पाउनुपर्ने भन्दै एक्कासि प्रहरीमाथि हातपात गरेका थिए । प्रहरीले उनीमाथि सामान्य बल प्रयोग गरेर नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

त्यसक्रममा स्थानीयले वडा प्रहरी कार्यालयको बा १ झ ८२८४ नम्बरको गाडीमा ढुंगामुढा गरेका थिए ।

निषेधाज्ञा अवधिमा सुरक्षा र स्वास्थ्यकर्मी, स्वाब संकलन गर्ने र कन्ट्रयाक्ट ट्रेसिङका जनशक्तिबाहेक अन्यलाई आवागमनमा पूर्णरुपमा रोक लगाइएको छ । आफ्नो क्षेत्र सुरक्षित गर्ने बहानामा कुनै किसिमले बाटो छेक्ने र राजमार्ग रोक्ने कार्य कोही कसैबाट गर्न नपाइने र त्यस प्रकारको कार्य गरेमा कानूनी कारवाहीसमेत गर्ने चेतावनी स्थानीय प्रशासनले दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार