
बुटवल । कपिलवस्तुमा कोरोना संक्रमण पुष्टि भएका दुई जना भारतको मुम्बईबाट आएको खुलेको छ । उनीहरु लुकेर चोरबाटो हुँदै ४ दिनअघि नेपाल प्रवेश गरेको प्रहरीले जनाएको छ ।
जिल्लाको मायादेवी गाउँपालिका ८ विजुवाका १६ र २२ वर्षका संक्रमति दुबै जना वैशाख २३ गते कपिलवस्तुको पकडी नाकाको दक्षिणतर्फको खुला सीमाबाट नेपाल आएको खुलेको छ ।
उनीहरुसँगै अन्य चारजना युवाहरु पनि आएको प्रहरीले जनाएको छ । उनीहरुको भने खोजिकार्य जारी रहेको बताईको छ ।
लकडाउनकै बेला लुकेर सीमा छल्दै नेपाल आएका उनीहरुलाई स्थानीयले मायादेवी गाउँपालिकाकै तीर्थादेवी छत्रपाली माविको क्वारेन्टाइनमा राखेका थिए ।
संक्रमित दुई जनालाई बुटवलमा रहेको धागो कारखानामा बनाइएको कोरोना विशेष अस्पतालको आइसोलेसनमा ल्याइएका छन् ।
यसअघि रुपन्देहीको कोटहीमाई १ मा भेटिएका संक्रमित युवा पनि वैशाख ५ गते भारतको नयाँदिल्लीबाट लुकिछिपी नेपाल आएका थिए ।








