
चितवन । बिहीबार लकडाउन उलंघन गर्दै सरकारविरुद्ध देशका विभन्न ठाउँमा प्रर्दशन भएको छ । कोरोना महामारी नियन्त्रण तथा रोकथाम र लकडाउनका कारण समस्यामा परेका जनताबारे उदासिन भएको भन्दै सरकारविरुद्ध प्रर्दशन भइरहेको हो ।
चितवनमा पनि बिहीबार स्थानियहरुले कोरोनाको पीसीआर जाँच बढाउन, आरडिटी जाँच तत्कल रोक्न लगायतका माग राख्दै प्रर्दशन गरेका छन् ।
चितवनको चौबीसकोठी चोकमा स्थानिहरु भेला भएर विभिन्न नारा लेखिएका प्लेकार्ड बोक्दै सरकारका विरुद्धमा प्रर्दशन गरेका हुन ।
प्रदर्शनकारीहरुले बोकेका प्लेकार्डमा “पीपीआर किनौं कार्पेट होइन, आरडीटी परीक्षण बन्द गरौं, १० अर्बको हिसाव किताव दिनुपर्ने”, लागायतका नारा लेखिएका छन् ।
बिहानै काठमाडौंको बालुवाटार क्षेत्रमा पनि युवाहरुले सरकारविरुद्ध व्यापक प्रर्दशन गरेका थिए । निषेधआज्ञा तोडेर गरिएको प्रर्दशनमा प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो ।









