रास्वपाको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्रीले भनेः हवाई सुरक्षा व्यवस्थित बनाएर कालोसूचीबाट हटाउने प्रयासमा छौँ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हवाई सुरक्षालाई व्यवस्थित तुल्याएर युरोपेली युनियनको कालोसूचीबाट नेपालको हवाई क्षेत्र हटाउन सरकार निरन्तर प्रयास भइरहेको बताएका छन् ।

आज बिहान रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको नेतृत्वमा गएको टोलीले बुझाएको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

रास्वपाको प्रतिनिधिमण्डलले युरोपेली युनियनले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट नहटाएकोमा नेपाल नागरिक उड्डयन प्राधिकरण गम्भीर हुनुपर्ने, नयाँ जहाज खरिद प्रकरण पारदर्शी हुनुपर्ने लगायतका विषय ज्ञापनपत्रमा उल्लेख गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

नपाली वायुसेवा कम्पनीहरु सन् २०१३ देखि नै कालोसूचीमा परेका छन् । कालोसूचीमा पर्ने वायुसेवा कम्पनीले युरोपेली युनियनभित्रका मुलुकको आकासमा उडान अनुमति पाउँदैनन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार