अर्घाखाँचीको क्वारेन्टिनमा मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि


बुटवल । अर्घाखाँची एक क्वारेन्टिनमा बिरामी भएर मृत्यु भएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको मालारानी गाउँपालिका ४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टिनमा बिरामी भएपछि उपचार गरी फर्किने क्रममा उनको मृत्यु भएको थियो ।

बिरामी भएर बुटवलमा उपचार गरि घर फर्फिने क्रममा बाटोमै मृत्यु भएका उनलाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ ।

५७ वर्षीय उनको जेठ २३ गते मृत्यु भएको हो । उनको सोही दिन स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनको मृत्युको कारण खुलाएको छैन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार