
काठमाडौँ । कोरोना महामारीमा सरकार गम्भिर नभएको भन्दै देशभर सरकार विरुद्ध प्रर्दशन भइरहेको छ । कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि जारी लकडाउन तोडेरै देशका विभिन्न ठाउँमा नागरिकहरुले प्रर्दशन गरेका छन् ।
उनीहरुले कोरोना रोकथाम र जाँचमा ढिलासुस्ती गरेको, सरकारी खर्च पारदर्शी नभएको, आरडिटी टेष्ट तत्काल रोकेर पीसीआर टेष्टलाई व्यापक बनाउनु पर्ने लगायतका मागहरु राखेर शुक्रबार पनि देशका विभिन्न ठाउँमा प्रदर्शन जारी राखेका छन् ।
काठमाडौंका तीनवटै जिल्लाका विभिन्न ठाउँ र चितवन, धनगढी, पाल्पा, बुटवल, जनकपुर, भैरहवा, हेटौंडा लगाएका शहरमा पनि युवाहरुले विरोध प्रदर्शन गरेका छन् ।
विहिबार पनि पूर्वको विराटनगरदेखि पश्चिमको चितवनसम्म सरकार विरुद्ध प्रदर्शन गरिएको थियो ।











