कोरोना संक्रमण बाट थप एक जनाको मृत्यु

गुल्मी । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको धुर्कोट गाउँपालिका ४ जैसिथोकका ३६ वर्षीय पुरुष रहेका छन् ।

जिल्लाकै रेसुङ्गा नगरपालिका ९ को उपल्लो तम्घासमा आइसोलेसनमा उपचाररत उनको गएराति मृत्यु भएको बताइएको छ ।
यसअघि नै कोरोना संक्रमण देखिएका उनको मृत्युपछि शवलाई राति नै उनकै जन्मस्थान नजिकै नेपाली सेनाले व्यवस्थापन गरेको आफन्तले जानकारी दिएका छन् ।

२ वर्षदेखि आन्द्राको क्यान्सरबाट पनि पीडित उनी भारतबाट आएर धुर्कोटको क्वारेन्टिनमा बसेका थिए । उनलाई जेठ १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमणपछि स्वास्थ्यमा समस्या भएपछि जेठ १३ गतेदेखि तम्घासमा आइसोलेसनमा उपचार भइरहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार