पाल्पा । पाल्पाको तानसेन रिडी सडक खण्ड अन्तर्गत तानसेन नगरपालिका-११ स्थित सम्मोबारीमा पहिरोले ४ वटा गाडी बगाएको छ भने २ जनाको शव फेला परेको छ । पहिरोमा परी एकजना गम्भिर घाइते भएको बताइएको छ । घटनास्थलमा सुरक्षाकर्मीको टोली पुगेर उद्धार र पहिरो पन्छाउने कार्य भइरहेको प्रदेश प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
दिउँसो गएको उक्त पहिरोमा एउटा पानी बोक्ने ट्यांकर, एउटा कार, एउटा जिप र एउटा मिनी ट्रक पुरिएको छ । पहिरोले सडकबाट बगाएको सवारी साधनमा कति जना मानिसहरु सवार थिए भन्नेबारे यकिन हुन नसकेको बताइएको छ ।









