
काठमाडौं । ललितपुरस्थित पाटन अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबार बिहान मृत्यु भएका ५० वर्षीय पुरुष चितवन घर भई ललिपुरको महालक्ष्मी स्थानमा बस्दै आएका थिए ।
अस्पतालले जनाएअनुसार पाँच महिना अघि मिर्गौला प्रत्यारोपण गररेका उनमा कोरोना पुष्टि भएपछि पाटन अस्पतालको आइसोलेसनमा उपचार हुँदै थियो । योसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।











