पेट्रोलियम पदार्थको मुल्य घट्यो

काठमाडौं । सोमबार राति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ ।
सोमबार साँझ बसेको निगमको बैठकले पेट्रोल, डिजल र मट्टितेलको मुल्य २/२ रुपैयाँका दरले घटाएको हो ।

नयाँ मूल्य अनुसार अब पेट्रोलको मुल्य प्रतिलिटर १ सय १२, डिजल र मट्टितेल ९९ रुपैयाँ प्रतिलिटरमा बिक्री वितरण हुनेछ ।

निगमले भारतीय आयल कर्पोरेशन आइओसीले पठाएको नयाँ मूल्य अनुसार भाउ घटाइएको निगमले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार