
काठमाडौं । आर्थिक अभावका कारण उपचारमा समस्या भोगीरहेका बाजुराका रत्न दमाईले आर्थिक सहयोग पाएका छन् । बाजुराको हिमाली गाउँपालिका ६ का रत्नको परिवारलाई उपचारका लागि १ लाख १५ हजार ४ सय २० रुपैंयाको सहयोग हस्तान्तरण गरिएको छ ।
अमेरिकामा बस्ने नेपाली र नेपाल भित्रकै युवाहरुको सहयोगमा उक्त रकम जुटाएर हस्तान्तरण गरिएको हो । बाजुराको त्रिबेणि नगरपालिका ८ निवासी जनक थापाको पहलमा जुटाइएको उक्त रकम काँग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले अस्पतालको शय्यामै पुगेर रत्नका परिवारलाई हस्तान्तरण गरेका हुन् ।
आर्थिक अभावका कारण उपचारमा निकै समस्या पाइरहेलाई उक्का रत्नको परिवारलाइ उक्त रकमले निकै राहात भएको छ ।
आर्थिक अभावका कारण अस्पतालको शैय्यामा निरासाको जिन्दगी बाँचिरहेका रत्नले अब आफु बाँच्छु भन्ने आसा पलाएको बताएका छन् ।










