नेकपा स्थायी समिति बैठक केहीबेर बसेर स्थगित, राहत र उद्धारमा लाग्ने निर्णय

काठमाडौं । पटक पटक स्थगित हुँदै आएको सत्तारुढ नेकपाको स्थायी समिति बैठक आज पनि केहीबेर बसेर स्थगित भएको छ । लगातारको वर्षासँगै देशका विभिन्न ठाउँमा आएको बाढी र पहिरोमा परेकाहरुको राहत र उद्धारमा लाग्ने निर्णय गर्दै बैठक स्थगित भएको हो ।

मंगलबार दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको  बैठकले बाढी पहिरोमा परेकाहरुको राहत र उद्धारमा जुट्न देशभरका नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।

बाढी पहिरोबाट प्रभावितहरुको उद्धार र राहतमा सम्पूर्ण पार्टी एकताबद्ध भएर लागिपर्ने निर्णय बैठकले गरेको छ । त्यस्तै सरकारलाई पनि राहत र उद्धारमा कुनै कसर बाँकी नराख्न आग्रह गरेको छ ।

नेकपाको स्थायी समिति बैठक साउन १३ गतेसम्मका लागि स्थगित भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार