काठमाडौंको टोखामा पहिरोमा परी दिदीबहिनीको मृत्यु

काठमाडौं । काठमाडौंको टोखामा पहिरोमा परी दुई जना दिदीबहिनीको मृत्यु भएको छ। मृत्यु हुनेमा टोखा नगरपालिका १ तासीडाँडामा बस्ने सचिन र सन्ध्या रानामगर रहेका छन् ।

मंगलबार बिहान खाना खाने समयमा आएको  पहिरोले पुरिएर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । तीन वर्षीया दुबै जुम्ल्याहा दिदीबहिनी हुन् ।

आमाबुबा टहरोमा खाना खाँदै गर्दा पहिरो खस्दा बच्चालाई तान्न नसकेर पुरिएर मृत्यु भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार