ट्रक दुर्घटनामा परी छोराको मृत्यु, बुवा घाइते

मकवानपुर । मकवानपुरमा मालवाहक ट्रक दुर्घटना हुँदा छोराको मृत्यु भएको छ भने बुवा घाइते भएका छन् । आइतबार बिहान
पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत मनहरी ९ खरङ्गा भन्ने ठाउँमा दुर्घटना हुँदा सहचालक छोराको मृत्यु भएको छ भने चालक बुवा घाइते भएका छन् ।

बारा जिल्लाबाट मकै लिएर चितवनतर्फ जाँदै गरेको ना४ख ७०४ नंको ट्रक अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल झरेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार