आजदेखि ५ दिनसम्म ठुलो वर्षा हुने सम्भावना,सर्तक रहन आग्रह


काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि ५ दिन शुक्रबारसम्म ठूलो बर्षा हुने बताएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको र नेपालको दक्षिण भूभागनजिक मनसुन न्यूनचापीय रेखा रहेकाले आगामी ५ दिनसम्म मुलुकका केही भागमा ठुलो वर्षा हुने जल तथा मौसम विभागले पूर्वानुमान गरेको हो।

बर्षासंगै बाढी पहिरो र डुबान हुनसक्ने भएकाले विभागले सतर्कता अपनाउन सबैमा आग्रह समेत गरेको छ ।
आजदेखि शुक्रबारसम्म प्रदेश नम्बर ५, गण्डकी, कर्णाली, सुदूरपश्चिम र वाग्मती प्रदेशका केही स्थान र प्रदेश एक र दुईका केहि स्थानमा हल्कादेखि भारी वर्षा हुने सम्भावना रहेको विभागको अनुमान रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार