समुदायमा कोरोना फैलिन थालेपछि नेपालगञ्जमा आजबाट निषेधाज्ञा


नेपालञ्ज । नेपालगञ्जमा आजबाट निषेधाज्ञा जारी गरिएको छ । समुदायमा कोरोना संक्रमण फैलिन थालेपछि आजबाट तीनदिनको लागि पहिलो चरणमा निषेधाज्ञा जारी गरिएको हो ।

नेपालगन्जमा बिहीबार बसेको बाँके जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले आइतबारदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णय अनुसार आजबाट निषेधाज्ञा जारी गरिएको छ । नेपालगञ्जमा समुदायमा कोरोना संक्रमण फैलिसकेको निष्कर्ष निकालिएको छ । केहीदनि अघि कोरोना संक्रमितको सम्पर्कमा आएका २७ जनामा बिहीबार कोरोना देखिएको थियो ।

प्रशासनले निषधाज्ञा जारी गरेपछि नागरिकलाई अतिआवश्यक काम बाहेक घर बाहिर ननिस्किन अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार