कक्षा ११ को परीक्षा लिन थालेको भन्दै विद्यार्थीद्धारा प्रर्दशन


रुपन्देही । कोरोना महामारीकै बेला कक्षा ११ को परीक्षा लिन लागेको भन्दै रुपन्देहीको बुटवलमा प्रर्दशन गरिएको छ । आइतबार दिउँसो विद्यार्थीहरुद्धारा बुटवलमा सरकार र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) विरुद्ध प्रदर्शन गरेका हुन ।

कोरोना त्रास कायमै रहेका बेला कक्षा ११ को परीक्षा लने भन्दै आफुहरुलाई मानसिक तनाव दिएको बिद्यार्थीहरुको भनाई छ ।
महामारीका कारण परीक्षा नलिने भनेको सरकारले फेरी निर्णय परिवर्तन गरी परीक्षा लिने भनेर आफुहरुलाई आतंकीत बनाएको समेत बिद्यार्थीहरुको आरोप छ ।

‘नो इक्जाम नो कोरोना’, ‘विद्या भन्दा स्वास्थ्य ठूलो’, ‘नो इक्जाम विथआउट पीसीआर’, इनफ इज इनफ’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर बिद्यार्थीहरुले बुटवल बजार परिक्रममा गरेका छन् ।

११ को परीक्षा नलिइने भनेपछि आफुहरु आफुहरु कक्षा १२ को कोर्स पढ्न थालेको बेला पुनः परीक्षा लिन लागिएको भन्दै विद्यार्थीहरुले आक्रोष पोखेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार