भारतिय अभिनेता अमिताब बच्चनले २२ दिनपछि कोरोना जिते, छोरो अस्पतालमै


भारत । भारतिय लोकपृय अभिनेता अमिताब बच्चन कोरोना जित्दै अस्पतालबाट डिस्चार्ज भएका छन् । उनको पछिल्लो रिर्पोट नेगेटिभ आएपछि उनी २२ दिनपछि कोरोना जितेर घर गएका हुन ।

आफु निको भएर घर आइसकेको खबर उनले सामाजिक संजाल ट्युटरमार्फत दिएका हुन । “मलाई अस्पतालबाट छुट्टी दिएर म घर आइसकेको छु, सबैको आर्शिवाद, प्रार्थना र अस्पतालका डाक्टर, नर्सहरुको राम्रो हेरचाहले संभव भयो”, उनले टुइट गरेका छन् ।

यसअघि उनकी बुहारी एश्वर्य राय बच्चन र नातिनी कोरोना निको भएर घर फर्केका थिए । छोरा अभिषेक भने अझै अस्पताल मै कोरोना उपचार गराइरहेका छन् । उनले पनि टुइट गर्दै आफ्नो बुवाको स्वास्थ्यलाभका लागि सहयोग, आर्शिवाद, प्रार्थना गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार