मेलम्ची पहिरो अपडेट : पहिरोमा वेपत्ता भएका ८ जनाकै शव भेटियो


काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ मा गएराति गएको पहिरोमा परेर वेपत्ता भएका ८ जनाकाे शव भेटिएको छ । नेपाली सेना, प्रहरी स्थानीयले उनीहरुको शव भेटाएका हुन् ।

गएराति कभर्ड हल बनाउन आएका ९ मजदुर बसेको टहरामाथिबाट पहिरो खस्दा ८ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
पहिरोमा परी मृत्यु भएकामा ७ जना नेपाली र १ भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा वीरगञ्जका प्रदीप चौरसिया, बिक्रम थिङ, राजेश चौधरी, मानबहादुर रुम्बा, सिमन घलान, शिवबालक धामी र सोनम लामा रहेका छन् । त्यस्तै एक जना भारतीय नागरिक राजेन्द्र चौरसिया रहेका छन् ।

पहिरोमा परी घाइते भएकाको भने काठमाडौंमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार