काठमाडौं । आज विवाह पञ्चमी हरेक बर्ष झै यसबर्ष पनि जनकपुरमा श्री राम चन्द्र र सीताको विधिपुर्बक विवाह समारोहगरि धुमधामले मनाइदैछ ।
बिषेशगरि, हरेक बर्ष विवाह पञ्चमीका दिन जनकपुरस्थित रामजानकी मन्दिरमा सीता र रामको सम्झनामा विवाह महोत्सवको आयोजना गरिदै आएको छ, जुन आज विधिपूर्वक मनाइदैछ ।
मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आजकै दिन विधिपूर्वक सम्पन्न भएको सम्झानामा भारतको अयोध्याबाट रामको जन्ती जनकपुर आई जानकी मन्दिरमा विवाह हुदै आएको छ ।
राम र सीताको विवाह
त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रापारेपछि राम र सीताबीच विवाह भएको पाइन्छ ।
शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ । रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवताको उपस्थिति रहेको समेत विश्वास गरिन्छ ।
गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरे अनुसार सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष विवाह महोत्सवका रूपमा मनाउदैं आएका छन् ।
विवाह महोत्सवमा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ । पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमिमा पु¥याइन्छ ।
त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिन्छ र त्यसपछि विवाह सम्पन्न गरिन्छ ।
विवाहमा मुख्यमन्त्री आदित्यनाथ सहभागी
विवाह पञ्चमीमा सहभागी हुन प्रमुख अतिथिका रुपमा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आएका छन् ।
आफ्नै निजी विमानमार्फत बुधबार बिहान उत्तरप्रदेशबाट जनकपुर विमानस्थलमा ओर्लिएका मुख्यमन्त्री आदित्यनाथलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीले स्वागत गरेका थिए ।
स्वागत लगत्तै मुख्यमन्त्री आदित्यनाथले जानकी मन्दिरको दर्शन गरेका छन । मुख्यमन्त्री आदित्यनाथलाई प्रदेश सरकारले अभिनन्दन गर्ने कार्यक्रम रहेको बताइएको छ । त्यस्तै जनकपुर उपमहानगरपालिकाले समेत आदित्यनाथको अभिनन्दन गर्ने कार्यक्रम छ ।
ज्नकपुरस्थित रंगभूमि मैदानमा आयोजना हुने राम र सीताको स्वयम्बर समारोहमा सरिक भएपछि मुख्यमन्त्री आदित्यनाथ अपराह्न ४ बजे स्वदेश फर्किने बताइएको छ ।
भारतका अल्पसंख्यक धार्मिक समुदायमाथी कट्टराताको ब्यवहार र उग्र धार्मिक विवादित नेताको पहिचान बनाएका मुख्यमन्त्री आदित्यनाथका लागि जनकपुरमा कडा सुरक्षा ब्यवस्था पारिएको छ । उनको सुरक्षा ब्यवस्थाका लागि भारतबाटै बिशेष सुरक्षा फोर्स जनकपुर यसअघि नै आइसकेको छ ।
आदित्यनाथको स्वागतमा मन्त्री र सांसद पुगे जनकपुर
राम जन्मस्थल भारतको अयोध्याबाट विमानमा जन्ती लिएर आएका मुख्यमन्त्री योगी आदित्यनाथको स्वागतका लागि केन्द्र सरकारको तर्फबाट पर्यटन मन्त्री रवीन्द्र अधिकारी जनकपुर पुगेर स्वागत गरेका छन । मन्त्री अधिकारीले स्वागग गर्नुपुर्ब जानकी मन्दिरको निरक्षण समेत गरेका थिए । उनका साथमा राष्ट्रियसभा सदस्य कोमल वली पनि आदित्यनाथको स्वागतमा जनकपुर पुगेकी छन् ।