सुदूरपश्चिम र प्रदेश ३ सरकारद्धारा आँधी पीडितलाई एक / एक करोड सहयोग

काठमाडौं । सुदूरपश्चिम प्रदेश र प्रदेश ३ सरकारले बारा र पर्साका आँधी पीडितलाई एक एक करोड रुपैयाँ सहयोग गर्ने भएका छन् ।
मंगलबार बसेको दुबै प्रदेशको मन्त्रिपरिषद बैठकले प्रदेश २ सरकारमार्फत एक एक करोड सहयोग गर्ने निर्णय गरेका हुन ।

प्रदेश ३ सरकारको निर्णय अनुसार प्रदेश २ सरकारमार्फत आँधी पीडितलाई एक करोड राहत रकम पठाउने निर्णय गरेको छ, सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिए। त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारले पनि यस्तै निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार