स्वास्थ्य मन्त्रालयकै चिकित्सक र परिवारका सदस्यमा कोरोना पुष्टि


काठमाडौं । स्वास्थ्य मन्त्रालयमा कार्यरत एक २९ वर्षीय चिकित्सकमा कोरोना पुष्टि भएको छ । मन्त्रालयको हेल्थ अप्रेसन सेन्टर ९एचईओसी० मा कार्यरत ति चिकित्सकसँगै उनका ६० वर्षीय बुबा, ५५ वर्षीइ आमा र एक वर्षीय छोरालाई समेत कोरोना संक्रमण भएको हो ।

काम बिशेषले वीरगञ्ज गएका उनीहरु तीन दिनअघि मात्र काठमाडौं फर्किएको र शंका लागेर पाटन अस्पतालमा परीक्षण गराएपछि सोमबार कोरोना पोजिटिभ रिर्पोट आएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।
भक्तपुरमा सोमबार मात्रै उनीहरुसहित ७ जनामा कोरोना पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार