प्रचण्डसहित परिवारका सबै सदस्यको कोरोना रिर्पोट नेगेटिभ


काठमाडौं । सत्तारुढ नेकपा अध्यक्ष प्रचण्डसहित परिवारका सबै सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । प्रचण्ड निवासका सबै परिवारका सदस्य र सुरक्षाकर्मीमा गरिएको कोरोना परीक्षणमा परिवारका सदस्यको रिर्पोट नेगेटिभ आएको प्रचण्डको सचिवालयले जनाएको छ ।

बुधबार प्रचण्ड निवासमा कार्यरत सबै सुरक्षाकर्मी र प्रचण्डको परिवारका सबै सदस्यको स्वाब संकलन गरिएको थियो । जसमा बिहीबार रिर्पोट आएसंगै ६ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको छ भने प्रचण्डसहित सबै परिवारका सदस्यको रिर्पोट नेगेटिभ आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार