
बाँके । प्रदेश ५ की सांसद कृष्णा केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका ९ की सांसद केसीलाई भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा शनिबार राति कोरोना पुष्टि भएको हो ।
उनले आफूलाई कोरोना संक्रमण भएको शनिबार राति सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै जानकारी दिएकी छन् । उनले फेसबुकमा लेखेकी छन्, ‘म कोरोना संक्रमणबाट अछुतो रहिनँ, एक हप्तायता मसँग नजिकको सम्पर्कमा आएकालाई सेल्फ आइसोलेसन तथा पीसीआर जाँच गराउन अनुरोध गर्दछु ।’
सांसद केसी आफ्नो निर्वाचन क्षेत्र नरैनापुरमा कोरोना महामारीका बेला आयोजित विभिन्न कार्यक्रममा सहभागी भएकी थिइन् ।










