
काठमाडौं । ललितपुरमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे पाँचखालका ५० वर्षीया महिला रहेकी छन् ।
निमोनियाको उपचार गराउन आइतबार दिउँसो १ बजे किस्ट अस्पताल पुगेकी उनको कोरोना आशंका लागेर स्वाब संकलन गरी परीक्षण गरिएको थियो । उनको रिर्पोट पोजिटिभ आएको र आइसीयूमै उपचारका क्रममा आज मृत्यु भएको हो ।
योसँगै कोरानाबाट ज्यान गुमाउनेको संख्या ८० पुगेको छ । यो मृत्युलाई स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बांकी छ ।










