बुटवलमा आजदेखि भदौं ५ गतेसम्म लकडाउन, धरानमा ३ गतेसम्म लम्बियो


बुटवल । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बुटवलमा आजबाट लकडाउन गरिएको छ । समुदायस्तरमा कोरोना फैलिदै गएपछि आजदेखि भदौ ५ गतेसम्मका लागि लकडाउन गरिएको हो ।

बुधबार बसेको नगरस्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैकले साउन २९ गते रातिदेखि भदौ ५ गते रातिसम्म लकडाउन गर्ने निर्णय गरेको थियो । लकडाउन अवधिमा स्वाथ्य क्षेत्र, खाद्यान्न, दुग्ध तथा तरकारी ढुवानी जस्ता अत्यावश्यकीय सेवा सञ्चालनमा आउन दिइने छ भने बुटवल हुँदै चल्ने लामो दुरीका सवारीका साधनलाई बुटवलमा यात्रु ओराल्न नपाउने गरी सञ्चालन गर्न दिइने बैठकले निर्णय गरेको छ ।

लकडाउन अवधिमा उपमहानगर तथा सबै वडाबाट हुने अत्यावश्यकीय बाहेकका सबै सार्वजनिक सेवा बन्द गरिने भएको छन् । त्यस्तै अन्य कमैचारीलाई ५० प्रतिशत मात्रै कार्यालयमा उपस्थित भएर कार्य सञ्चालन गर्न अनुरोध गरिएको छ । लकडाउन अवधिमा सार्वजनिक, निजी तथा सरकारी सवारीका साधन समेत अत्यावश्यक काममा बाहेक सञ्चालन गर्न पाइने छैन । पसलहरु पनि विहान र बेलुका मात्रै सञ्चालन गर्न दिइने छ ।

त्यस्तै धरानमा लकडाउन भदौं ३ गतेसम्म थपिएको छ । यसअघि साउन २८ गते मध्यराति १२ बजे सम्म तोकिएको थियो । धरानमा गरिएको रेण्डम मास पीसीआर टेस्टिङको नतिजाले लकडाउन फेरि बढाउनु पर्ने अवस्था आएको भन्दै लकडाउन भदौं ३ गतेसम्म थपिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार