कांग्रेस पूर्वमन्त्री बस्नेत परिवारलाई स्वाब संकलनमा सहयोग गरिदिन नगरपालिकाको आग्रह


काठमाडौं । नेपाली कांग्रेसका पूर्वमन्त्री मोनहबहादुर बस्नेत परिवारलाई स्वाब संकलनमा सहयोग गरिदिन सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाले आग्रह गरेको छ । बस्नेतका बुवाको मृत्युपछि कोरोना पुष्टि भएपछि परिवारको पनि कोरोना परीक्षण गर्नुपर्ने भएकाले स्वाब संकलनमा सहयोग गरिदिन पालिकाले पत्र मार्फत आग्रह गरेको हो ।

यसअघि बुधबार जिल्ला जनस्वास्थ्य कार्यालयबाट स्वाब संकलनका लागि गएको टोलीले शव अन्त्येष्टिमा सहभागि २१ जनाको स्वाब संकलन गरेको छ । तर, बस्नेत परिवारले मृत्यु संस्कारको कारण देखाउदै स्वाब दिन अस्विकार गरेपछि आज नगरपाकिलाले पत्र मार्फत सहयोग गर्न अनुरोध गरेको हो ।

नगरपालिकाका मेयर निमाफुन्जो शेर्पाद्धारा हस्ताक्षरित वक्तव्य पत्रमा नगरवासी र अन्यको स्वास्थ्यप्रति सजग हुनु सुरु गरिएको स्वाब संकलनमा सहयोग गर्नु मृतकका परिवारसहित संक्रमणको जोखिममा रहेका सबैको दायित्व रहेको बताइएको छ । साथै अस्पताल र स्वास्थ्य मन्त्रालयप्रति परिवारको मतभेद वा गुनासो हुनसक्ने भन्दै मेयलले समन्वयका लागि नगरपालिकाको चर्फबाट सहयोग गर्ने समेत बताएका छन् ।

यसअघि बस्नेतका बुबा खड्गबहादुरको उपचारका क्रममा २२ गते मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा निधन भएको    थियो । उनलाई मृत्युपछि परिवारले बाह्रबिसे लगेर अन्त्यष्टि गरेका थिए । तर उनको अन्त्यष्टि गरेको पाँच दिनपछि कोरोना संक्रमण पुष्टि भएको थियो । उनको अन्त्यष्टिमा करिब ५ सय जना सहभागि भएको प्रत्यक्ष दर्शीले अनुमान गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार