सिन्धुपाल्चोक पहिरो अपडेट : एकजनाको शव भेटियो, ५ जना घाइतेको उद्धार र ३८ जना बेपत्ता


सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदिमा पहिरोमा पुरिएर ३८ जना बेपत्ता भएका छन् । पहिराले ३७ घर पुरिएका र ३८ जना बेपत्ता भएका गाउँपालिकाले जनाएको छ ।

त्यस्तै पहिरोमा परी घाइते भएका ५ जनाको नेपाली सेनाको टोलीले उद्धार गरेको छ । एक जनाको भने शव निकालिएको छ ।

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा पनि नेपाली सेनाको हेलिकप्टमा लिदी पुगेका छन् । उनले पहिरोले बगाएका घरको अवलोकन गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार