बिश्वकर्माको अध्यक्षतामा नयां कार्यसमिति चयन गर्दै जागरण मिडिया सेन्टरको छैटौं अधिवेशन सम्पन्न

काठमाडौं । नयां कार्यसमिति चयन गर्दै जागरण मिडिया सेन्टरको छैटौं अधिवेशन सम्पन्न भएको छ ।
शनिवार काठमाडौंमा सम्पन्न अधिवेशनले पुनः रेम बहादुर बिश्वकर्माको अध्यक्षतामा नौ सदस्यीय नयां कार्यसमिति सर्बसम्मत चयन गरेको हो ।

समितिको महासचिवमा प्रेम नेपाली, बरिष्ठ उपाध्यक्षमा कमला बिश्वकर्मा, उपाध्यक्षमा मिलन परियार, सचिवमा विनोद परियार, कोषाध्यक्षमा लक्ष्मण दर्नाल चयन भएका छन । त्यसैगरि, सदस्यमा बिरु नेपाली, शसी परियार,सोना खटिक चयन भएका छन ।

समितिको सल्लाहकारमा अधिकारकर्मी तथा पुर्ब सभासद संस्थापक सल्लाहकार विनोद पहाडी, अधिकारकर्मी पदम सुन्दास, जंग बहादुर नेपाली, कृष्ण रणपाल, पुर्ब सभासद दुलारी हरिजन, निर्बतमान महासचिव शिवजी गायक, निर्बतमान कोषाध्यक्ष गौरा नेपाली, दिलिप नेपाली, पुर्णसिंह बराइली, दिपक परियार लगायतका रहेका छन ।

संस्थाको नयां कार्यसमितिले सबैखाले विभेद र समतामुलक समाज निर्माणमा अझै शसक्त भएर सबैसंग हातेमालो गर्दै अगाडी बढ्ने बताएको छ । अध्यक्ष बिश्वकर्माले समाज परिर्बतन र बिषेशगरि दलित समुदायको हक अधिकारका लागि आफु र आफ्नो नयां जुझारु युवा टीम सबैको साथ र सहयोगमा अघि बढ्ने बताए ।

कार्यक्रममा संस्थाको आय ब्यय प्रस्तुत गरिनुका साथै गतिविधीहरुको समिक्षा र आगामी कार्ययोजनाबारे समेत छलफल गरिएको थियो ।

जागरण मिडिया सेन्टरले बिगत १८ बर्षदेखि निरन्तर दलित तथा अल्पसंख्यक समुदायका हरेक मुद्दाहरुको उठान र उनिहरुको अधिकारका लागि संचार र अन्य विभिन्न माध्यमहरुबाट वकालत गर्दै आएको छ । जागरण मिडिया सेन्टर दलित पत्रकारहरुद्धारा स्थापना गरिएको एक सामाजिक संस्था हो ।

स्व. सुवाश दर्नालको सम्झनामा एक लाखको अक्षयकोष स्थापना गरिने

कार्यक्रममा संस्थाका स्थापक अध्यक्ष स्व. सुवाश दर्नालको सम्मान र सम्झनामा एक लाखको अक्षयकोष स्थापनागरि हरेक बर्ष एकजना पत्रकारलाई “सुवाश दर्नाल पत्रकारिता पुरुस्कार” दिने निर्णय गरिएको छ ।

स्व. दर्नालले छोटो समयमा दलित समुदायको क्षेत्रमा पुर्याएको योगदानको कदर र नयां पुस्तालाई प्रेरणास्वरुप “सुवाश दर्नाल पत्रकारिता पुरुस्कार” स्थापना गर्ने लक्ष्य लिइएको अधिकारकर्मी तथा संस्थाका स्थापक सल्लाहकार विनोद पहाडीले बताए ।

स्व. दर्नालको पहलमा सन् २००० मा दलित पत्रकारहरुले काठमाडौलाई केन्द्रमानी जागरण मिडिया सेन्टरको स्थापना गरेका थिए । स्व. दर्नालको सवारी दुर्घटनामा अमेरिका निधन भएको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार