रवि छुट्ने कि थुनामा जाने ? केहिबेरमा कास्की अदालतबाट आदेश आउँदै


पोखरा । रास्वपाका सभापति रवि लामिछानेसहितको सहकारी प्रकरणमा कास्की जिल्ला अदालतबाट केहिबेरमा आदेश आउने भएको छ । कास्की पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सम्पुर्ण बहस सकिएकाले केहिबेरमा आदेश आउन लागेको हो ।

हिजोसम्म आरोपी र जाहेरकर्ताको बहस सकिएको र आज दिउँसोसम्म सरकारका पक्षका अधिवक्ताहरुले जवाफी बहस सकेपछि न्यायाधिश नीतिज राईबाट केहिबेरमा आदेश आउने सम्भावना उच्च रहेको अदालत स्रोतले बताएको छ । सरकार पक्षबाट आज उच्च सरकारी वकिल कार्यालयका उपन्यायधिवक्ता गोविन्दराज गौली र जिल्ला सरकारी वकिल कार्यालयकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जवाफी बहस गरेका थिए ।

न्यायधीशबाट रवि लगायतका प्रतिवादीहरुलाई थुनामा पठाउने वा धरौटीमा रिहा गर्नेमध्ये एउटा आदेश आउने छ।
मुद्धामा रविसहित पूर्व डिआइजी, गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, रविको सहयोगी लिला पछाईं, पूर्व सांसद तथा संस्थापक उपाध्यक्ष मीना गुरुङ, संस्थापक सदस्य मीनाकै बाबु कृष्णबहादुर र पूर्व कोषाध्यक्ष आरती गुरुङका बिषयमा पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने भन्नेबारे न्यायाधीश राइको निर्णय गर्नेछन् ।

न्यायाधीश राईको इजलासमा पुस १६ गतेदेखि रविसहित सात जना प्रतिवादीहरुको थुनछेक बहस हुँदै आएको थियो ।

अदालतबाट आदेश समय नजिएपछि अदालत वरपर लगायत पोखराको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । अदालत परिसरसहित बजारका विभिन्न ठाउँमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सुर्यदर्शन सहकारीको ठगी प्रकरणमा रविसहित ६३ जनाविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले १ अर्ब ५१ करोड बिगो माग दाबीसहित पुस ५ गते थप र ७ गते पुरक अभियोजन पत्र जिल्ला अदालतमा दर्ता गराएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार