
काठमाडौं । सरकारले ‘राष्ट्रिय भूमि आयोग २०७८’ गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आयागको अध्यक्षमा
केशव निरौला र उपाध्यक्षमा नहेन्द्र खड्कालाई नियुक्त गरेको हो ।
केपी ओली नेतृत्वको सरकारले देवी ज्ञवाली नेतृत्वमा गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग देउवा सरकारले साउन १९ गते खारेज गरेको थियो ।
आयोगका अध्यक्ष निरौला कांग्रेससम्वद्ध नेपाल शिक्षक संघका पूर्व अध्यक्ष हुन् । आयोगको सदस्यहरु भने नियुक्त भएका छैनन् ।
आयोगका नवनियुक्त अध्यक्ष निरौलाले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आजै सपथ लिएका छन् ।












