
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका तीनवटै जिल्लामा थप ५ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जसमध्ये काठमाडौंमा ४९५, ललितपुरमा ४३ र भक्तपुरमा ३४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।












