
काठमाडौं । कोरोना संक्रमित देखिएका स्थानीय तहले धमाधम लकडाउन र निषेधाज्ञा गरिरहेका छन् । काठमाडौं उपत्यकालगायत देशैभरी स्थानीय तहले आ -आफ्नो ठाउँलाई निधेषाज्ञा र लकडाउन गरिरहेका छन् ।
गएराति १२ बजेदेखि चितवनमा निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमितकाे संख्या बढ्दै गएपछि भरतपुर महानगरपालिकाले आफ्नो नगरक्षेत्रभित्र निषेधाज्ञा जारी गरेको हो ।
महानगरले गएराति १२ बजेदेखि एक साताका लागि निषेधाज्ञा गरेकाे छ । शुक्रबार प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नान्तीराज गुरुङ, उद्योगी व्यवसायीहरूसँग भएको छलफलले एक साता निषेधाज्ञा जारी गर्ने निर्णय गरे अनुसार महानगरले एक साताका लागि निषेधाज्ञा गरिएको जनाएकाे छ ।
त्यस्तै दोलखामा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै आजबाट भदौ ६ गतेसम्मका लागि लकडाउन गरिएको छ । शुक्रबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले दोलखामा लकडाउन गर्ने निर्णय गरेको थियो ।
सोही अनुसार जिल्ला प्रशासन कार्यालय दोलखाले सूचना जारी गर्दै आजदेखि भदौ ६ गतेसम्मका लागि लकडाउन घोषणा गरिएको जानकारी दिएको छ ।










