कोरोनाबाट कांग्रेस जिल्ला उपसभापति गिरीको मृत्यु


काठमाडौं ।  नेपाली कांग्रेसका नवलपरासी जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना संक्रमणपछि ललितपुरको पाटन अस्पतालमा उपचाररत गिरीको आज बिहान मृत्यु भएको हो ।

नवलपरासी सुस्ता पश्चिम घर भएका ३८ वर्षीय गिरीलाई साउन ३० गते पाटन अस्पताल भर्ना गरिएको थियो । बुटवलको कोरोना अस्पतालबाट उनी पाटन अस्पताल भर्ना भएका थिए ।

गएराति एक्कासी श्वासप्रश्वासमा समस्या आएपछि बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार