
काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा गरिने भएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेका हुन ।
उपत्यकमा दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दै गएपछि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निर्णयमा गरेको हो ।
उपत्यकामा २०५ सहित देशभर १ हजार १६ जनामा कोरोना पुष्टि भएको छ भने ७ जनाको मृत्यु भएको छ ।










