
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेको भन्दै सरकारले आजराति १२ बजेदेखि निषेधाज्ञा जारी गरेको छ । मंगरबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञामा औषधि, खाद्यबस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामका लागि बाहेक बाहिर निस्कन पाइने छैन । बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्नेछ ।
अत्यावश्यकीय सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकाय बाहेक सवारी सञ्चालनमा रोक लगाइएको छ । नियमित सवो प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी विहान ९ बजेदेखि साढे १० बजेस्म्म र बेलुका ३ देपिख साढे ५ बजेसम्म आवागन गर्न सक्नेछन् ।
सूचिसहित











