
चितवन । चितवनमा एक साता थप निषेधाज्ञा गरिएको छ । आज मध्रातीदेखि लागु हुने गरी भदौ १२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।
शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोरोना जोखिम बढ्दै गएकाले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
यसअघि ६ वटा मात्रै स्थानीय तहमा निषेधाज्ञा जारी गरिएकामा यसपटक भने सातबटै स्थानीय तहमा निषेधाज्ञा लागू हुने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
यसअघि चितवनमा साउन ३२ गतेबाट जिल्लाका माडी नगरपालिकाबाहेकका स्थानीय तहमा निषेधाज्ञा लागू गरिएको थियो। अहिलेसम्म चितवनमा कोरोना संक्रमितको संख्या तीन सय नाघेको भने कोरोनाबाट चार जनाको मृत्यु भइसकेको छ ।










