
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ५ महिला र ३ पुरुष रहेका छन् ।
मृतक ललितपुरका ६५ , बाराका २३, पोखराका ३२, रुपन्देहीका ७० र बाँकेका ७० वर्षीया महिला रहेकी छन् । त्यस्तै काठमाडौंका ४८, पर्साका ६२ र कपिलवस्तुका ५० वर्षीया पुरुष रहेका छन् ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ८३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।










