
काठमाडौं । नेपालमा कोरोना संक्रमण सुरक्षाकर्मीमा पनि बढीरहेको छ । देशभर अहिलेसम्म १ हजार ६ सय ३३ जनामा संक्रमण पुष्टि भइसकेको छ । कोरोना नियन्त्रणका लागि अग्रपङ्क्तिमा खटिने सुरक्षाकर्मीमा कोरोना संक्रमण बढीरहेको छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा संक्रमण देखिएको हो । त्यस्तै अहिलेसम्म ८ सय ६१ जना भने कोरोना निको भए घर फर्किसकेका छन् ।







