वीरगञ्ज । देशकै प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार नाका आजदेखि तीन दिनसम्मका लागि बन्द गरिएको छ । ।
सीमावर्ती भारतीय राज्य बिहारमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नाका बन्द गरिएको हो ।
शुक्रबारदेखी आइतबारसम्म अर्थात मे १० देखि १२ तारिक तीन दिनसम्म नेपाल भारतको सीमा नाका बन्द हुनेछ ।
चुनावलाई मध्यनजर गर्दै भारतीय पक्षको आग्रहमा तीन दिन सीमा नाका बन्द गर्न लागिएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
बिहारलगायत ७ राज्यको ५९ लोकसभा सीटमा १२ मे अर्थात वैशाख २८ गते निर्वाचन हुँदैछ । भारतीय राजनीतिमा बिहारले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । लोक सभाको ५ सय ४३ सदस्यमध्ये ४० जना बिहारबाट चुनिन्छन् ।