काठमाडौं । श्रीलंका सरकारद्धारा फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको छ । सरकारले लगाएको प्रतिबन्ध सधैका लागि नभएर केहि समयका लागि भएको जनाइएको छ । श्रीलंकामा केही दिनअघि इस्टर पर्वमा भएको बम आक्रमणपछि त्यहाँ सामाजिक सन्जालमार्फत फरक सम्प्रदायबीच विवाद हुँदा त्यसले हिंसात्मक रुप लिन थालेपछि सरकारले सामाजिक सञ्जालमाथि नै केहि समयका लागि प्रतिबन्ध लगाएको हो ।
अन्तर्राष्ट्रिय संंचारमाध्यमहरुका अनुसार श्रीलंकाको चिलवा रकुलियापिटिया क्षेत्रमा भड़कीएको हिंसापछि सरकारले देशमा फेसबुक, ट्वीटर, हृवाट्सएप, युटुब, लगायत अन्य सामाजिक सन्जाल माथी अस्थायी रुपमा प्रतिबन्धित लगाएको हो ।
कुलियापिटिया, बिंगिरिया र दुमलामासुरिया इलाकामा हिंसा भड्किएपछि प्रशासनले त्यस क्षेत्रमा कर्फ्यू लगाएको थियो ।